स्काउट दिवसको अवसर पारेर सरसफाइ

सुर्खेत । स्काउट दिवसको अवसरमा बुधबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । ७०औं स्काउट दिवसको अवसरमा स्काउट कर्णाली प्रदेशको कार्यालय परिसरमा सरसफाई, वृक्षारोपण तथा बगैँचाको व्यवस्थापन गरिएको हो ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गँदै सामाजिक दुरी कायम गरेर सरसफाई लगायतका विभिन्न कार्यक्रम गरेर ७०औं स्काउट दिवस मनाइएको कर्णाली प्रदेश स्काउट तर्दथ समितिका संयोजक कमल बोहराले जानकारी दिए ।

बोहोराका अनुसार स्काउटको मर्म अनुसार सरकारले देश भरका सबै विद्यालयमा स्काउट सुरु भएको छ । हरेक विद्यालयमा स्काउट गतिविधि सञ्चालन गर्नका नेपाल सरकारले समेत निति तथा कार्यक्रममा समावेश समेत गरिसकेको छ ।
साथै कर्णालीका सबै विद्यालयमा स्काउट गतिविधि सञ्चालनका लागि सहकार्य समेत गरिने संयोजक बोहोराले बताए । उनले भने ‘कर्णालीका सबै स्थानीय तहमा तदर्श समिति गठन समेत गरिएको छ,’ ‘र कर्णालीका सबै स्थानीय तहमा स्वयंसेवकहरु पनि छनौट् गर्ने योजनामा छौँ ।’
स्काउट मार्फत स्वयंसेवी भावनाको विकास गर्नको लागि अभियान सुरु गरि कोरोनाका कारण अभियान सञ्चालनमा केही समस्या भए पनि कर्णालीका विभिन्न स्थानीय तहहरुमा मास्क सेनीटाईजर वितरणका साथै कोरोना रोकथामका लागि सचेतना फैलाउन माइकीङ्ग समेत गरिएको स्काउट कर्णाली प्रदेशका संयोजक बोहोराले बताए ।







