चीनले चार कम्पनीलाई खोप निर्यातका लागि दियो अनुमति

एजेन्सी । चीनले कोभिड-१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरूलाई चीनभित्र शर्तसहित बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।

चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी छन् ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरूले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन्।

यी खोपहरू चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारी लि झिङक्वीनले बताए। उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरूले पनि ध्यान दिने विश्वास व्यक्त गरे ।

चिनियाँ अधिकारीहरूले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन्। चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ ।

चीनले चार कम्पनीलाई खोप निर्यातका लागि दियो अनुमति

कर्णालीमा ८१ हजार नागरिकले अझै पाएनन् खोपको

चीनले चार कम्पनीलाई खोप निर्यातका लागि दियो अनुमति

असार १७ गतेदेखि आन्तरिक उडान खुला, ५०

Leave a comment

Your email address will not be published. Required fields are marked *