अमेरिकाले बन्द गर्‍यो दर्जनौं इरानी समाचार वेबसाइट

एजेन्सी । अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइट बन्द गरेको छ। उक्त वेबसाइटले दुष्प्रचार गरेको अमेरिकी आरोप छ ।

इरानबाट सञ्चालित वेबसाइटहरुले मंगलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेको छ। अमेरिकाको अनुसन्धान ब्यूरो र वित्त विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ ।

परमाणु सन्धि सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाब हाल बढ्दो अवस्थामा छ । अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि समेत अमेरिकाले पकड बनाएको छ । मंगलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, ‘अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ ।

अमेरिकाले बन्द गर्‍यो दर्जनौं इरानी समाचार वेबसाइट

संवैधानिक इजलासमा सुनुवाइ सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *