बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ प्रहरीको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हतियारधारी समूहले चौकीमा आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अल जजिराले जनाएको छ ।
राहत वितरणका क्रममा विद्रोहीको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ ।
सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकुहरुको सामना गरिरहेको छ। सो आक्रमणमा हालसम्म एक हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएका छन् । हिंसात्मक आक्रमणका कारण विस्थापित हुनेमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।






