दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण

सल्यान । बागचौर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैंसी वितरण गरेको छ । दुध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको हो ।

वडा नम्बर ९ धामीढुंगा र हरिपुरका ४२ घरधुरीलाई ४२ वटा भैंसी वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । दुध पकेट क्षेत्र बनाउने गरी भैंसीपालन पकेट क्षेत्र निर्माण गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र नगरपालिकाको समन्वयमा भैंसी वितरण गरिएको उनले बताए ।

सल्यानलाई दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको २५ लाख र पशु सेवा कार्यालयको २० लाखको लागतमा भैंसी, ५० वटा मिल्क केन, घाँस वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए। उक्त बजेटबाट पानी आपूर्तिका लागि ५० घरधुरीलाई पानी ट्यांकी, भकारो सुधारको काम समेत सम्पन्न भएको उनको भनाइ छ ।

दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण

जातीय आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी

Leave a comment

Your email address will not be published. Required fields are marked *