कालिमाटीकाे गाउँ सभा सम्पन्न : शिक्षा, स्वास्थ र रोजगारिमा विशेष प्राथमिकता

दुर्गा विसि ।

सल्यानको कालिमाटी गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा गर्नेमै यसपालि कालिमाटी गाउँपालिका सल्यानकै पहिलो स्थानीय तहमै आफ्नो नाम दर्ज गरेको छ ।

वडा स्तरबाटै आएका विभिन्न सुझाव सल्लाहलाई मध्यनजर गर्दै उक्त गाउँपालिकाले शिक्षा,स्वास्थ,कृषि,पर्यटन प्रवद्द्नलाइ र स्वरोजगारलाइ पहिलो प्राथमिकतामा राखेको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि केसिको भनाइ रहेको छ ।

गाउँपालिका अध्यक्ष दानवहादुर केसिले प्रस्तुत गरेको गाउँपालिकाको निति तथा कार्यक्रममा दफाबार छलफल पछि उक्त कार्यक्रम सभाले पास गरेको छ । त्यससँगै आज उपाध्यक्ष शहनशिलता वलिले आगमि आर्थिक वर्षको कुल वजेट ५२ करोड ३५ लाख २० हजार,पुजिंगत तर्फ २६ करोड ५० लाख र चालुतर्फ २५ करोड ८५ लाख २० हजार वराबरको पजेटलाई सभाले पास गरेको छ ।

चालू आर्थिक वर्षको खर्च नभइ बाँकी रहने अनुमानि रकम ६ करोड,आगमि आर्थिक वर्षको खर्च व्यवहोर्ने श्रोत मध्य गाउँपालिकाको आन्तरिक श्रोत राजश्व बाँडफाँड २ करोड,संघीय सरकारबाट वितिय समानिकरण अनुदान ९ करोड ५३ लाख,संघिय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख,कर्णाली प्रदेश सरकारबाट सामानिकरन अनुदान १ करोड २ लाख ८७ हजार वजेटको श्रोत परिचालन हुने जनाएको छ ।

यो सँगै कालिमाटी गाउँपालिकाको १० औं गाउँसभा सौहर्दपुर्न्न रुपमा सम्पन्न भएको छ ।गाउँपालिकाको २०७८र०७९ को वजेटमा विशेष प्राथमिकता कोभिड(१९ को असरलाइ न्युनिकरण गर्ने कुरामा केन्द्रित रहेको छ ।साथै शिक्षा स्वास्थ,कृषि,रोजगार पर्यटनलाई विशेष महत्त्वका साथ हेरिएको छ भने अधुरो विकासे पुर्वाधारले समेत पुर्णता पाउने गरि वजेट विनियोजन गरिएको छ । सल्यानमै गाउँ सभा सम्पन्न गर्नेमा भने कालिमाटी गाउँपालिका पहिलो वनेको छ ।

कालिमाटीकाे गाउँ सभा सम्पन्न :  शिक्षा, स्वास्थ र रोजगारिमा विशेष प्राथमिकता

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुनै

कालिमाटीकाे गाउँ सभा सम्पन्न :  शिक्षा, स्वास्थ र रोजगारिमा विशेष प्राथमिकता

YUGAAWHAN NATIONAL DAILY (2078-03-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *