परीक्षण बढाएसँगै बढे कोरोना संक्रमित, ४५ सय बढीमा संक्रमण

काठमाडौं । देशभर परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ ।

गत २४ घण्टामा १६ हजार ९ सय १३ जनाको परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१२ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि १० देखि १२ हजारको हारहारीमा परीक्षण गर्दा २ देखि ३ हजारको संख्यामा संक्रमित थपिइरहेको थियो ।

संक्रमित घट्न थालेको भन्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। कूल मृतकको संख्या ८ हजार ८ सय १३ पुगेको छ।

यो अवधिमा ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९० दशमलब २ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

 

परीक्षण बढाएसँगै बढे कोरोना संक्रमित, ४५ सय बढीमा संक्रमण

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

परीक्षण बढाएसँगै बढे कोरोना संक्रमित, ४५ सय बढीमा संक्रमण

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुनै

Leave a comment

Your email address will not be published. Required fields are marked *