राष्ट्रिय क्रिकेट टिमले थाल्यो प्रशिक्षण

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमले आजदेखि प्रशिक्षण थालेको छ। आगामी जुलाईमा स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि राष्ट्रिय टोलीले प्रशिक्षण थालेको हो ।
नेपाल क्रिकेट संघ क्यानले १९ खेलाडी र ३ अफिसियल गरी २२ जनाको कारोना रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट नेगेटिभ आएसँगै टोलीले प्रशिक्षण थालेको हो ।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब र पवन सर्राफलाई बोलाइएको छ ।
बन्द प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ। प्रशिक्षणका लागि छनोट भएका पृथु बास्कोटा भने निजी कारणबाट बन्द प्रशिक्षणमा सहभागी हुने छैनन् ।






