‘क्याम्पसको पढाइ छाडेर लोकसेवाको तयारीमा जुटेँ’

टेकबहादुर वली
प्रमुख प्रशासकीय अधिकृत, बराहताल गाउँपालिका, सुर्खेत

सफलता भाग्यमा होइन, कर्ममा हुन्छ । किनकी कर्म गर्नेहरु नै सफलताको शिखरसम्म पुगेका छन् । तर सफलतालाई चुम्नका लागि मेहनत र परिश्रमले मात्रै पुग्दैन । आफूविरुद्ध उभिनेहरुलाई पनि परास्त पार्न सक्नुपर्छ । हो, त्यही गरे टेकबहादुर वलीले पनि । उच्च शिक्षा पढ्न खेत नै बिक्री गर्नुप¥यो । तेरो ‘छोरा सपनामा रमाउन थाल्यो’ यसले तिमीहरुलाई सडकमा पु¥याउँछ’ कतिपयले बाआमालाई यस्तै कुरा सुनाए । तर उनीले आफूविरुद्ध बोल्नेहरुको कुरा सुन्दै सुनेन्न् । आफ्नो कर्म छोडेनन् । त्यही लगावले सफलतामा पु¥यायो । प्रस्तुत छ, हाल बराहताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उनै वलीको जीवन भोगाइ र कर्मचारी क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

विहान–बेलुका मेलापात
टेकबहादुर बुवा टंक र आमा पविसराका पहिलो सन्तान हुन् । मध्यम कृषक परिवारमा २०४८ साल असार २२ गते सुर्खेतको लेकबेशी नगरपालिका–७ लमनामा उनको जन्म भएको हो । किसानको छोरा । गाउँले जीवनशैली । मेलापात परिवारको मुख्य दैनिकी । टेकबहादुर पनि यसैलाई पछ्याए । सानैदेखि बाआमासँगै मेलापाते गर्न थाले । हुर्किदै जाँदा स्कुल पढ्न थाले । त्यसपछि दैनिकी बदलियो तर मेलापात छुटेन । दिनभरी स्कुल र साँझविहान मेलापात गरे ।

पढाइमा अब्बल
मध्यम बर्गिय परिवारमा जन्मिएका टेकबहादुरको पढाइ पनि मध्यम थियो । प्राथमिक तहसम्म दोस्रो र मावि तहसम्म कक्षामा प्रथम भए । उच्च शिक्षाका सबै तहहरु प्रथम श्रेणीमै पुरा गरे । गाउँकै लक्ष्मी प्राथमिक विद्यालय कखरा चिने । त्यही स्कुलबाट कक्षा १ देखि ५ सम्मको पढाइ पुरा गरेका उनले सरस्वती माध्यमिक विद्यालय कल्याणबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरे । २०६३ सालमा एसएलसी उत्तिर्ण भएपछि वीरेन्द्रनगरको जन माविबाट उच्च शिक्षाको सुरुवात गरे । जन माविकै हात्ताभित्र रहेको तत्कालीन पब्लिक साइन्स क्याम्पसबाट स्नातक तह पुरा गरे । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह पुरा गरेका उनी जनप्रशासन र कानुनका पनि विद्यार्थी हुन् ।

डाक्टर बन्ने त्यो सपना
एसएलसीपछि टेकबहादुरले विज्ञान विषय अध्ययन गरे । तीन रोपनी जग्गा बिक्री गरेर प्लसटु पुरा गरे । प्लसटु सकिएपछि उनलाई डाक्टर बन्ने रहर जाग्यो । तर रहरले मात्रै डाक्टर पढ्ने सम्भव थिएन । ‘कतै छात्रवृत्तिमा नाम निकाल्न पो सकिन्छ कि ?’ प्रवेश परीक्षाको लागि तयारी पनि गरे । तर छात्तवृत्तिमा नाम निस्किएन । छात्रवृत्तिमा कोटामा सफल नभएपछि डाक्टर बन्ने सपना त्यागी दिए । शुल्क तिरेर डाक्टर पढ्न आर्थिक स्रोत थिएन । ‘खेतिपातीेबाट आम्दानी हुन्थेन्, खान मात्रै पुग्थ्यो’ उनी भन्छन्, ‘आर्थिक स्रोत नभएकै कारण डाक्टर पढ्ने सपना पुरा भएन ।’

पढ्दै–पढाउँदै
डाक्टर बन्ने सपना बोकेर काठमाडौं छिरेका टेकबहादुर पुनः सुर्खेत फर्किए । वीरेन्द्रनगरमै बसेर उच्च शिक्षा पुरा गर्ने योजना बनाए । जन माविको हाताभित्रै पब्लिक साइन्स क्याम्पस थियो । त्यही क्याम्पसबाट वीएसीको पढाइलाई निरन्तरता दिए । तर वीरेन्द्रनगरमा बसेर पढ्न पनि कहाँ सहज थियो र ? अब उनी आफैले कमाउँदै पढ्नदै गर्नुपर्ने भयो । त्यसपछि विहान पढ्ने र दिउँसो पढाउने गर्न थाले । तीन वर्षभन्दा बढी समय पढ्दै र पढाउँदै गरेर विताए ।

पढाइ छोडेर लोकसेवाको तयारी
स्नातकको पढाइ सकियो । तर स्थायी जागिरको टुङ्गो लागेन । उमेर र समयले स्थायीत्व खोज्ने थाल्यो । त्यसपछि स्थायी जागिरको योजना बुने । केही समय पढाइलाई रोक्ने योनजा बनाए । किनकी क्याम्पस नगएरै एमएसी पुरा गर्न सम्भव थिएन । पढाइ छोडेर लोकसेवा आयोगको तयारी गरे । नायव सुब्वा र अधिकृत दुबैको तयारी गरे । पहिलो वर्षमै नायव सुब्बा बन्न सफल भए । २०७२ सालमा निजामति क्षेत्रमा प्रवेश गरे । बर्दियाको महिला तथा बालबालिका कार्यालय पहिलो कार्यथलो बन्यो ।

त्यहाँ करिव नौ महिना विताए । २०७३ सालमा पुनः अधिकृतको परीक्षामा सफल भए । अफिसरको तालिम नसकिदै मुलुक संघीय संरचनामा गयो । सबै अधिकृतहरु स्थानीय तहको निर्वाचनमा खट्नुपर्ने समय आयो । हुम्लाको अदानचुली गाउँपालिकामा निर्वाचत गराउनेसहितको जिम्मेवारी उनको काँधमा आयो । अधिकृतका रुपमा २०७३ चैत १० गते अदानचुलीको जिम्मेवारी सम्हाले । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरे । करिव १० महिनासम्म अछामको ढकारी गाउँपालिकामा सरुवा भए । ढकारीमा करिव तीन वर्ष सेवा गरे । गएको पुस २२ गतेदेखि उनले सुर्खेतको बराहताल गाउँपालिकाको नेतृत्व सम्हाल्दै आएका छन् । अब जागिर सँगसँगै अनुसन्धान तहको अध्ययन पुरा गर्ने र प्राप्त ज्ञानहरु राष्ट्रिको विकास निर्माणमा सुम्पिने उको अठोट छ ।

ति दुःख, जसले सफलता मिल्यो
गाउँघरमा खेतिपाती गरेर मनग्य आम्दानी गर्न प्राय असम्भव जस्तै छ । प्रशस्त खेतबारी भए पनि सिचाइँ सुविधा नहुँदा न्यून उत्पादन हुन्छ । व्यावसायिक कृषि प्रणालीले गाउँघर छोएकै छैन । यस्तै गाउँले परिवेशमा हुर्किएका हुन् टेकबहादुर पनि । जसका कारण उनको बाल्यकाल सुखद् रहेन । आर्थिक रुपमा मजबुत नहुँदा जीवनको करियर बसाल्न उनले हजारौ हन्डर र ठक्करसँग सामना गर्नुप¥यो ।

खेत बेचेर उच्च शिक्षा हाँसिल गरे । ‘अब तेरो छोरो बौलाउन थाल्यो, तिमीहरुलाई रोडमा पु¥याउँछ’ यही बेला अधिकांशले बाआमालाई यस्तै शब्दहरु सुनाउँथे । तर छोराको मनोवल घट्ला कि भनेर सबै कुरा बाआमाले प्रष्ट भन्थेनन् । तर अरुले लगाउने नराम्रा लाल्छनाहरु उनको कानसम्म पुग्थे । ‘मलाइ पढाउने पैसा नभएपछि बुवाले तीन रोपनी खेत बिक्री गर्नुभयो’ उनी भन्छन्, ‘खेत बिक्री गरेरको देखेर सबैले मेरो कुरा काटे, कतिको त अपमान सहनुप¥यो ।’ जति अरुले उनको कुरा काटे पनि हिम्मत नहारेका कारण सफलता प्राप्त भएको उनको तर्क छ । संघर्षदेखि कहिलै नथाल्ने टेकबहादुर निजामति क्षेत्रम प्रवेश गर्दा सबैभन्दा खुशी प्राप्त भएको बताउँछन् । (२०७७ फागुन २ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)

‘क्याम्पसको पढाइ छाडेर लोकसेवाको तयारीमा जुटेँ’

ग्याँसको मुल्य बढ्यो

‘क्याम्पसको पढाइ छाडेर लोकसेवाको तयारीमा जुटेँ’

प्रदेश सरकारको काम गराईले गाउँ–समाजमा फाटो ल्यायो

Leave a comment

Your email address will not be published. Required fields are marked *