मुख्यमन्त्रीको निर्देशनमा रोकियो मन्त्री बुढाको हुम्ला भ्रमण

सिमकोट । हुम्ला आएर हिल्सामा निर्माण भएको प्रवेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पुरा भएन ।

हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि विदाको दिन परेको कारण उक्त अनुमति नआउँदा मन्त्री बुढाले आउन नपाएको स्रोतले जनाएको छ ।

नेपाल र चीनको सिमाना हिल्सामा गत वर्ष निर्माण भएको प्रवेशद्धार उद्घाटन गर्ने कार्यक्रम हाललाई स्थगित भएको डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपानले बताइन् ।

संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हेलिकोप्टर उडान गर्न पाउने अनुमति पत्र नआउनु र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बुढालाई हुम्ला नजाने निर्देशन दिएपछि मन्त्री बुढाको प्रवेशद्धार उद्घाटन गर्ने कार्यक्रम फेरी स्थगित भएको हो ।

मन्त्रीहरु सम्मिलित हुनुपर्ने साउन ३ गते सुर्खेतमा कार्यक्रम तय भएकोले मुख्यमन्त्रीले मन्त्रीलाई नजान निर्देशन दिएका हुन । यसअघि पनि पटक पटक मन्त्री बुढा सो कार्यका लागि हुम्ला आउन खोजेका थिए । कार्यालयले प्रवेशद्धार उद्घाटनका लागि वार्षिक कार्यक्रम नै तय भएको जनाएको छ ।

प्रमुख न्यौपानेले सबै तयारी भएपनि मन्त्री नआउने भएपछि हाललाई कार्यक्रम स्थगित भएको बताइन् । अव सो कार्यक्रम आगामी भदौमा गर्ने जनाइएको छ । हेलिकोप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जाने कार्यक्रम भएको थियो । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रवेशद्धार निर्माण भएको हो ।

मन्त्रीको टोली एक रात जिल्लामै बस्नेतय भएको थियो । ७५ लाखमा सीमा प्रवेशद्धार निर्माण सम्पन्न भएको थियो । हेलिकोप्टले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ ।

कर्णालीखबरबाट

मुख्यमन्त्रीको निर्देशनमा रोकियो मन्त्री बुढाको हुम्ला भ्रमण

निरन्तरको मेहनतले मुखियादेखि अधिकृतसम्म

मुख्यमन्त्रीको निर्देशनमा रोकियो मन्त्री बुढाको हुम्ला भ्रमण

बुन्डेस लिगा च्याम्पियन बायर्न पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *