बुन्डेस लिगा च्याम्पियन बायर्न पराजित

एजेन्सी । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्द्वी एफसी कोल्नसँग ३(२ गोल अन्तरले पराजित भएको हो।
एमएस टेक्नोलोजी एरिनामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो। खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
तर, २० औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १(१ गोलको बराबरीमा ल्याए। २७ औं मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २(१ को अग्रता दिलाए। खेलको ३५ औं मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २(२ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ५६ औं मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३(२ को जित दिलाए।






