सुधारियो सेयर बजार, परिसूचक ४३ अंकले बढ्दा ४६४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा राम्रै सुधार आएको छ ।
मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो ।
बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ ।
कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।





