होटलमा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने सुर्खेतका दुई महिला पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतका बिरेन्द्रनगर १० का ३७ वर्षीय कल्पना हमाल र लालसरी शाही ‘ललिता’ छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनको बिरुद्ध जवरजस्ती करणीको जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरीलाई सुर्खेत जिल्ला अदालतबाट ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको प्रहरलिे जनाएको छ ।

 

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् ।

अनलाइन दैनिक

होटलमा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने सुर्खेतका दुई महिला पक्राउ

सुधारियो सेयर बजार, परिसूचक ४३ अंकले बढ्दा

होटलमा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने सुर्खेतका दुई महिला पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2077-12-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *