राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई असार ३१ गते हस्तान्तरण गरेको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोर सडक विभागको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले जानकारी दिए । “करिडोर अन्तर्गत सेनाको जिम्मेवारीमा रहेको काम सम्पन्न गरी सडक हस्तान्तरण गरिएको छ”, उनले भने, “कोरोना महामारीका कारण काम सम्पन्न हुन केही ढिलाइ भएको हो ।”

हस्तान्तरण कार्यक्रम बाजुराको तिथिचौरमा आयोजना गरिएको कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख विसुनदास लामाले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेका थिए । कर्णाली करिडोरअन्तर्गतमा कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर रहेको छ ।

कालीकोटको खुलालुदेखि हिल्सासम्म कूल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ । यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा लागत रु एक अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न

ब्राजिलमा फेरि बढ्‍यो कोभिड महामारी, एकैदिन १४

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न

निरन्तरको मेहनतले मुखियादेखि अधिकृतसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *