ब्राजिलमा फेरि बढ्‍यो कोभिड महामारी, एकैदिन १४ सय ५६ को मृत्यु

एजेन्सी । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा पछिल्‍लो २४ घन्टामा कोभिड-१९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ब्राजिलमा यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ। अधिकारीहरूले शनिबार यसअघिका दिनहरूको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट मृत्यु भएको बताएका छन्।

त्यसैगरी, कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ। योसमेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ। सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो। ब्राजिलमा हरेक एक लाख जना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ।

ब्राजिलमा फेरि बढ्‍यो कोभिड महामारी, एकैदिन १४ सय ५६ को मृत्यु

कर्णाली प्रदेश सरकारले राउटे नीति’ तयार गर्‍यो

Leave a comment

Your email address will not be published. Required fields are marked *