प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ ।

शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले जानकारी दियो । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

जसपा यादव पक्षको संसदीय दलको बैठक जारी

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

किन मान्छेले अर्काको पिँठ्यु पछाडि कुरा काट्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *