जसपा यादव पक्षको संसदीय दलको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय बालकुमारी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसिरहेको सांसद प्रदीप यादवले जानकारी दिए। उनका अनुसार बैठकमा भोली सुरु हुने संसद बैठकमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको छ ।

साथै सरकारमा सहभागिताबारे पनि बैठकमा छलफल भइरहेको उनले बताए । उनका अनुसार बैठकमा १९ जना सांसद सहभागी भएका छन्।

जसपाले आधिकारिक विवाद टुंगिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । यसको विवाद टुंगो लगाउन निर्वाचन आयोगले आइतबार इजलास बनाएर सुनुवाइ गर्दैैछ ।

जसपा यादव पक्षको संसदीय दलको बैठक जारी

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने

जसपा यादव पक्षको संसदीय दलको बैठक जारी

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *