सञ्जय–शाहरूख पहिलो पटक ‘राखी’मा

मुम्बई  । शाहरूख खान र सञ्जय दत्त दुवै बलिउडका हस्ती हुन्। अचम्मको कुरा के छ भने यी दुवै अहिलेसम्म सँगै फिल्ममा देखिएका छैनन्।

आउने फिल्म ‘राखी’ मा उनीहरू सँगै देखिँदैछन्। अहिले फिल्मको सुटिङ मुम्बईमा धमाधम भइरहेको बताइएको छ। शाहरूख र सञ्जयको क्यामेस्ट्री राम्रो छ तर पनि अहिलेसम्म उनीहरू एकसाथ अभिनय गरेको ठूलो पर्दामा देखिएको थिएन।

अहिले दर्शक उनीहरूको अभिनय हेर्न आतुर रहेको सामाजिक सञ्जालका कमेन्टबाट थाहा पाउन सकिन्छ। आउने फिल्म ‘पठान’मा शाहरूख तथा ‘भुज : द प्राइड अफ इन्डिया’ मा सञ्जयलाई देख्न पाइनेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *