सल्लिबजार-रुकुम-चौहारजारी सडक खण्डमा गुणस्तर हिन पिच हुँदै

दुर्गा विसि

सल्यान । सल्लि-रुकुम-चौहरजारी सडक खण्डको काम यतिखेर धमाधम अघि बढिरहेको छ । कोरोना कहरले दुई वर्ष यता काममा वाधा पुर्याए पनि यसपटक भने ठेकेदारले कामलाई पुर्णता दिने बताए ।तर काम भने राम्रो नभएको स्थानीयको भनाइ रहेको छ । पिच गर्ने सडकको वेस मिलेको छैन ।
वेस नपेलि नै धमाधम पिच हुन थालेको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिम भने अनुगमन र रेख-देख गर्न नआउदा पिचको पहिलो, दोस्रो र तेस्रो कोड हान्दा समेत पिचको लेवल मिलेको छैन । पिच गरेको सडक नै खाल्डाखुल्डी रहेको छ भने मोडहरुमा फाइनल कोड समेत उत्रन सुरु गरेको छ। स्थानीयले भने आर्थिक वर्ष सकिदै गर्दा ठेकेदार र सडकको मिलोमतोमा काममा झाडा टार्ने वाहेक अरु केही नभएको जनाउने गरेका छन् ।
डिभिजन कार्यालय रुकुम चौहरजारीबाट करिव ५ किलोमिटर र भौतिक पुर्वाधार कार्यालय सल्यानबाट डेढ किमि सडक पिचको कामको जिम्मा विशाल निर्माण सेवाले जिम्मेवारी लिएको छ । थेगिम जेभिबाट विशाल निर्माण सेवाले लथालिङ भएको काम समालेको थियो । विभिन्न वहाना र कामको जिम्मेवारी लिदै विचमा छाड्दै गर्दा ५ वर्ष अघि सुरु भएको योजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
यतिखेर भने निर्माण कम्पनीले काममा ताकेता दिए जस्तो गरेको छ तर काम भने तेति सन्तोषजनक नभएको पाइयो । गत वर्ष कोभिडकै कारण अवरुद्ध काम यो पालि भने पुर्णता पाए पनि काम राम्रो हुन नसकेको जनाएको छ । ५ वर्ष ५ किमि सडक पिचको कामले तादारुकता नपाउदा आवतजावतमा स्थानीयले दुख खेपिरहेका छन् ।
आव २०७२/०७३ मा सडक डिभिजन कार्यालय र थेगिम जेभि गाल्भाका नरहरि थपलिया विच २०७४ मा सम्पन्न गर्ने गरि ११ करोडौंको टेण्डर ९ करोडौंमा काम हुने गरि सम्झौता भएको थियो । तर विडम्बनापूर्ण करिव ४ भन्दा वडि निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गर्दै छाड्दै गरेको काम अहिले विशाल निर्माण सेवाले गरिरहेको छ । उक्त सडकलाई पनि संघीयताले समस्या बनायो । सडक डिभिजन कार्यालय दाङले हेरको सडक पुनस्कर्णाली प्रदेश रुकुम पश्चिम चौहारजारिमा रहेको सडक डिभिजन कार्यलयको जिम्मेवारीमा आउदा नै ढिलाइ भयो ।
सडक लथालिङ्ग हुनुमा राज्यको पुनर्संरचना र मुख्य ठेकेदार थपलियाको लापरबाही भएको स्थानीयको भनाइ रहेको छ ।थपलियाले राम्रो मान्छेलाई जिम्मेवारी नदिएका कारण काममा ढिलाइ भएको हो ।काम नगर्ने,लापरबाही गर्ने थपलियाका फर्मलाइ समेत सडक डिभिजनले कारवाहि नगर्दा ४ वर्ष अघि सम्पन्न हुने काम अहिलेसम्म पूरा हुन सकिरहेको छैन । हाल आएर काम भए पनि सडकले कामको रेखदेख नगर्दा सडक पिचको काम बिग्रेर चौपट्टै भएको छ ।पिच भएको सडकको समेत लेवेल र वेश मिलेको छैन ।
सडकको चरम लापरबाहीले लामो समय पिचमा गुड्ने,हिड्ने सपना वोकेका स्थानीयको चाहानामा कुठाराघात हुने देखिन्छ ।गुणस्तर हिन पिच उप्किन सुरु भएको छ । एक वर्ष सम्म समेत पिच नरहने अवस्था रहेको छ ।सल्लि रुकुम चौहारजारी सडक खण्ड ट्र्याक खोलिएको झण्डै १७ वित्दै छ । अझै ४१ किमि सबै स्थान स्तरवृद्दि हुन सकिरहेको छैन ।सडक भने निकै जोखिम छ ।हुदै गरेको काम समेत गुणस्तरीय छैन,सडकले अनुगमन तथा रेखदेख नगर्दा पिचको गुणस्तरता देखिन । सडक डिभिजन कार्यलय रुकुम पश्चिमसँग यश विषयमा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।






