राउटे युवतीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

सुर्खेत । राउटे​ युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर गलत प्रचार गरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ।

प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह समेत गरेकी छन् ।

पत्रमा भनिएको छ,‘ नेपाल खबर नामक एक युट्युव च्यानलले ‘‘ अस्ताइन् सम्झना–हत्या की आत्म हत्या’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ।’

खड्काले भनिन्, ‘जंगलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार चरित्र हत्या गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रोक्ने प्रयास भईरहेको छ। त्यसका लागि लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’ यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्वीरको प्रयोग गरेर गलत प्रचार गरिएको छ।

उक्त, युट्युव च्यानलको मेन हेडलाईन ‘ अल विदा सम्झना राउटे’ भनिएको छ ।

राउटे युवतीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

भगिरामको भाग्य !

राउटे युवतीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

YUGAAWHAN NATIONAL DAILY (2078-04-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *