२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण

३ चैत

दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगे पनि घरघरमा वितरण भने सहज नभएको पाइएको छ । आगामी चैत दोस्रो सातादेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने बताइए पनि अहिले पनि आवश्यक संरचना भने तयार भइनसकेको पाइएको छ । काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका   

लागि  पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन । पानी वितरणका लागि नभइनहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन प्रणालीको काम सुरुसमेत नभएको पाइएको छ । मेलम्ची खानेपानी आयोजनाले चैतको दोस्रो सातादेखि परीक्षणका रूपमा पानी छाड्ने तयारी भइरहेको जनाएको छ । आयोजना कार्यान्वयन

निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १ सय ३२ किलोमिटर पाइपलाइनमा बिछ्याउनुपर्नेमा करिब १५ किमी पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ  काठमाडौं तथा ललितपुरका कतिपय ठाउँमा अहिले पनि पाइप बिछ्याउने काम भइरहेको छ । ६(७ वर्षदेखि पाइप बिछ्याएको तर पानी अभावले पुरेर राखिएका पाइपको अवस्थासमेत बुझ्न नसकिएको बताइएको छ । पानी हालेपछि मात्र त्यस्तो पाइपको अवस्था थाहा पाउन सकिने जनाइएको छ ।

आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएकोमा २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको हो । पानी फोहोर भएकाले बाग्मतीमा हालिएको छ । सुन्दरीजलमा रहेका दुई वटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ । गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट

नम्बर १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचनाको पुनः जाँच गरी अहिले पानी सुरुङबाट पठाइएको हो । हाल परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता स्व। 

कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए । मेलम्ची आयोजनाको सुरु भने २०५८(५९ मा भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्चीको पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आएका थिए

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण

आज पनि शोक प्रस्तावमै सकियो संसद बैठक

सहज छैन, काठमाडौंमा मेलम्ची पानी वितरण

जिप दुर्घटना हुँदा ४ जनाको मृ’त्यु, ७

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!