माओवादीतर्फ मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘देउवा नेतृत्वको सरकारमा भावी प्रधानमन्त्रीसँग सरकार सञ्चालनका निम्ति आवश्यक विषयमा छलफल गर्नुहुन्छ‚’

उनले भने, ‘कहिले कुन पार्टी मन्त्रीमण्डलमा जाने र त्यसका लागि ठोस निर्णय गर्नका लागि अध्यक्षले देउवासँग छलफल गर्नुहुन्छ। अनि मात्रै ठोस निर्णय हुन्छ।’

सबै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिमार्फत् सामाजिक आर्थिक रुपान्तरणका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए।

माओवादीतर्फ मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

माओवादीतर्फ मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *