टिम नेताले भीरबाट लात्ताले हानेको भलिवल जस्तो संसद विघटन…

याेगेन्द्र शाही ।  टिम नेताले भीरबाट लात्ताले हानेको भलिवल जस्तो (पहिलो संसद विगठन) नेपालको राजनीतिमा के के देख्न पाइन्छ भन्ने लागेको थियो ।                                                                                                                                                                       धन्न भकुन्डो सर्वाेच्वको गह्रामा गएर अडिएको छ । तिमीहरू नियमानुसार खेल्ने हो या नखेल्ने भनी अदालतले संबैधानिक पाठ सिकाएको छ । पद त्याग्न सक्दा र अरूलाइ पनि स्थान दिँदा मुख्य नेताको उचाँइ बढ्दछ (जस्तै मनमोहन अधिकारी।) विश्वासमा राजनीति बलियो हुन्छ भन्ने कुरा नेताहरूले नबुझ्दा कम्युनिस्ट पार्टीको झन्डै दुइ तिहाइ कसरी धुजा धुजा भयो भन्ने यो ज्वलन्त उदाहरण हो ।                                                                                                              कमरेड केपि ओलीका लागि जुरेको एतिहासिक अवसर यसरी विडम्बनामा परिणत होला भन्ने कुरा सायदै कसैले कल्पना गरेको थियो । न त वहाँका भक्त्तहरूले नत विपक्षहरूले नै । यो परिस्थितिका लागि अरू नेताको कति योगदान छ इतिहासले मुल्याङ्कन गर्ला तर वहाँले यो परिस्थिती ल्याउनमा मुख्य नेताका हिसावले मुख्य भूमिका निर्वाह गरेको घाम जतिकै छर्लङ्ग छ ।                                                                                    दोस्रो पुस्ताका नेताहरूले वहाँलाइ गत भाद्र २६मा जोगाइदिएको एतिहासिक अवसर वहाँकै संसद विगठनले वित्यास बनायो । कमरेड केपि औलीको संसद विगठनको दोस्रो इनिङमा सर्वाेच्वको निर्णयको अघिल्लो दिन नेकपा एमालेको नयाँ पुस्ताले वहाँलाइ फेरी गुन लगाएकै बैला सर्वाेच्वले भने संबैधानिक परिपाटीको पक्षमा उभिएर सत्तावादलाइ चक्मा देखाइदिएको छ ।                                                                                                                                                           क माधव नेपाल, झलनाथ खनाल र प्रचन्ड दाहिने नभएको खेलमा सर्वाेच्व पनि केपि कमरेडका लागि दाहिने बन्न सकेन । सर्वाेच्वको पाठको एतिहासिक शिक्षा यही हो । नयाँ पुस्ताका नेताले खाेज्ने समाधान भनेकै एमाले एकता मात्र होइन कम्युनिस्ट पार्टीकै पुन एकता हो । नेताहरूलाइ कृपया चेत्न दिनुस् । सर्बाेच्वले संबैधानिक करेक्सन गरेझै हामी कार्यकर्ताले कहाँबाट करेक्सन गर्ने भन्न विषयमा ठिक ठाँउमा पुग्न जरूरी छ ।

राजनीतिमा अचम्म हुन्छ । बहुदल कालमा गिरीजावाबुको बिग्रेको छवी सयुक्त्त आन्दोलनले उजिल्याएको थियो । तर नाकावन्दीमा उनका अडानका कारण छवी उजिल्याएका केपि कमरेड ( महाकाली सन्धीको अडानमा उनको समस्याग्रस्त मत भएता पनि ) झन्डै दुइ तिहाइ सरकारको नेतृत्व गर्दा धुँजा बनाउन पुगे । बारम्बार सतामा गएका सेर बहादुर देउवाको छवी पनि राम्रो छैन । तर के गिरीजाबाबु झै संविधानलाइ लाइनमा ल्याएर देउवा पनि आफ्नो छवी उजिल्याउन सक्लान ? प्रश्न भने गर्तमै छ ।

वामपन्थीहरू तालुमा हात लगाएर एकछिन आराम सँग बस्नुस् । कृपया दुइ तिहाइ सिट माग्न जान हतारो नगर्नु होला । नत टायर बाल्न ।  (याे सामाग्री याेगेन्द्र शाहीको फेसबुकबाट लिएका हाैँ ।)

टिम नेताले भीरबाट लात्ताले हानेको भलिवल जस्तो संसद विघटन…

श्रीमानकी मिल्ने साथीसँग श्रीमतीको प्रेम बस्यो, सँगै

टिम नेताले भीरबाट लात्ताले हानेको भलिवल जस्तो संसद विघटन…

पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *