श्रीमानकी मिल्ने साथीसँग श्रीमतीको प्रेम बस्यो, सँगै बस्न थालेपछि यसरी फेरियो जीवन

एजेन्सी । श्रीमान, श्रीमतीको जीवनमा कुनै तेस्रो व्यक्तिको प्रवेशबारे सुन्नुभएको होला तर अमेरिकाको सिएटलमा यस्तो घटना सार्वजनिक भएको छ जुन थाहा पाउँदा तपाईं चकित हुनुहनेछ । यहाँ विवाहपछि जब श्रीमानलाई आफ्नी श्रीमती द्वीलिङ्गी भएको थाहा भयो तब उनले श्रीमतीलाई उपहारमा उनको प्रेम दिए ।
अर्थात्, श्रीमानले ती महिलालाई घरमा ल्याए जसलाई उनकी श्रीमतीले प्रेम गर्थिन् । त्यसपछि यी तीनजनाको जीवन कसरी चलिरहेको छ, यसबारे उनीहरुले निकै अचम्मित गरिदिने जानकारी दिए ।
अमेरिकाको यो जोडीको प्रेम कहानीको सुरुवात कलेजबाट भएको थियो । श्रीमान् जस्टिन व्यावसायिक रुपमा हास्यकलाकार हुन् । उनका अनुसार सन् २००६ मा एक कमेडी शोको क्रममा उनको भेट रियल स्टेट असोसिएट केटी रुपलसँग भएको थियो । यो भेट प्रेममा बदलियो । यी दुईले एक–अर्कालाई थुप्रै वर्षसम्म डेट गरे ।
सन् २०१३ मा केटी र जस्टिनले विवाह गरे । विवाहपछि श्रीमान्–श्रीमतीबीच केही कुरा लुक्दैन भन्ने गरिन्छ । यस्तै, एक गोप्य जानकारीबारे जब केटीले श्रीमानलाई बताइन्, तब उनी हैरान भए ।
केटीले बताए अनुसार उनी द्वीलिङ्गी हुन् र यसबारे आफू उत्सुक भएको र यसबारे थप जानकारी लिन चाहेको बताइन् । त्यसपछि उनले जस्टिनकी साथी क्लेयरबारे कुरा गरिन् । क्लेयरलाई उनले आफ्नो सोसल मिडिया अकाउन्टमा देखेको र उनीतर्फ आफू आकर्षित भएको पनि केटीले श्रीमानलाई बताइन् ।






