माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन सुरु भएको छ।

सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरे। माओवादीले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश नं १ को विराटनगर, २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भइरहेको छ।

प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्। प्रदेश एकमा मा २ सय ५९, २ नं प्रदेशमा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

शेखरको टिमबाट चुनाव लड्नेको टुंगो लाग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!