शेखरको टिमबाट चुनाव लड्नेको टुंगो लाग्यो

काठमाडौं : ​नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाको टिमबाट चुनाव लड्ने उम्मेदवारको लगभग टुंगो लागेको छ।

कोइरालाको टिमबाट डा। मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा। रिजाललाई उपसभापतिमा लैजाने छलफल भए पनि कुरो नमिलेको एक नेताले जानकारी दिए।

ति नेताका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ। स्रोतका अनुसार कोइरालाको टिमबाट उपसभापतिमा चन्द्र भण्डारीको नाम निश्चित भएको छ। अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यमध्ये एक जना तय गर्ने विषयमा छलफल चलिरहेको बुझिएको छ।

यस्तै सह–महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल र थारुबाट तेजुलाल चौधरीको नाम लगभग टुंगो लागेको छ।

जनजाति र पीछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारबारे पनि छलफल चलिरहेको छ। रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरूले कोइरालाको नेतृत्वमा टिम बनाएको हो।

शेखरको टिमबाट चुनाव लड्नेको टुंगो लाग्यो

माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

शेखरको टिमबाट चुनाव लड्नेको टुंगो लाग्यो

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!