नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश


मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड–टु–हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् । मिस वर्ल्डमा सहभागी हुन जानुपूर्व नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने बताएकी थिइन् ।

नेपालले यसअघि पनि जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने आशा नम्रताको छ । मिस वर्ल्डको फाइनल डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ ।

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

विक्की र कट्रिनाको मुस्कान

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

‘आरआरआर’को ट्रेलर रिलिज

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!