विक्की र कट्रिनाको मुस्कान


बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् । कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो खिच्न दिइएको थिएन ।
कट्रिनाले आफ्नो सामाजिक सञ्जालबाट विवाहको केही तस्वीर सार्वजनिक गर्दै सबैको तर्फबाट पाएको माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको वैवाहिक समारोह मंगलबारबाट शुरु भएको थियो । विवाह कार्यक्रम तीन दिनसम्म चलेको थियो । विवाहपछि कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा शुरु भएको उल्लेख गरेकी छन् ।

 

विक्की र कट्रिनाको मुस्कान

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको अनुरोध

विक्की र कट्रिनाको मुस्कान

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!