सलमान खानलाई टक्कर दिनका लागि अत्यधिक मिहिनेत गरिरहेका छन् इमरान हाशमी, देखेर चकित पर्नुहुनेछ

एजेन्सी । सलमान खानको फिल्म टाइगरको तेस्रो संस्करणका लागि प्रशंसक निकै उत्साहित छन् । फिल्मका दुई संस्करण ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसपटक तेस्रो संस्करणमा सलमानबाहेक कट्रिना कैफ र इमरान हाशमी मुख्य भूमिकामा छन् ।

सलमान र कट्रिना त पहिला पनि सँगै काम गरिरहेका छन् तर इमरानले पहिलो पटक सलमानसँग काम गर्दैछन् । फिल्ममा सलमानले भारतीय जासुसको भूमिका निभाउनेछन् भने इमरानले उनको दुश्मनको भूमिका निभाउनेछन् र यसै कारण प्रशंसकले यी दुईबीच टक्कर देख्न पाउने भएका छन् ।

इमरान आफ्नो भूमिकाका लागि र सलमानलाई टककर दिनका लागि निकै मिहिनेत गरिरहेका छन् । यसैबीच इमरानले आफ्नो एउटा फोटो सेयर गरेका छन् जुन उनको तालिमका बेलाको हो ।

यतिबेला इमरानलाई निकै भिन्न देख्न सकिन्छ जुन देखेर तपाईंलाई अचम्म पनि लाग्न सक्ला । इमरानले मास्क लगाएका छन् र उनी आफ्नो सुगठित शरीर देखाइरहेका छन् । फोटो सेयर गर्दै इमरानले लेखेका छन्, ‘यो त सिर्फ सुरुवात मात्रै हो’

सलमानसँग काम गर्ने सपना पूरा भयोः

एक अन्तरवार्तामा इमरानले सलमानसँग काम गर्ने विषयमा भनेका थिए, ‘सलमानसँग काम गर्न निकै मजा आउनेछ । उनीसँग काम गर्ने मेरो सपना थियो जुन अब पूरा भएको छ ।’

फिल्मका निर्माता टाइगर थ्रीको अन्तरराष्ट्रिय सुटिङको तयारीमा व्यस्त छन् । १५ अगस्टपछि यो समूह सुटिङका लागि जानेछ । यद्यपि, हाल कहाँ जाने भनेर निश्चित भइसकेको छैन ।

फिल्मको सुटिङ युरोप र मिडल इस्टमा हुनसक्ने बताइएको छ । यस्तै फिल्मको सुटिङ सुरु गर्नुअघि निर्माता समूहले सबै सदस्यलाई खोप लगाउन भनेको छ । खोप लगाएकाहरु मात्रै सुटिङमा समावेश हुनेछन् ।

आँधीले सेट बर्बाद भयोः

फिल्मका निर्माताले मुम्बईको ग्राउन्डमा मिडल इस्ट मार्केटको रेप्लिकाको सेट बनाएको थियो । यद्यपि, आँधीका कारण सेट बर्बाद भएको थियो । अब निर्माण पक्षले पुनः सेट बनाउनेछ ।

सलमान खानलाई टक्कर दिनका लागि अत्यधिक मिहिनेत गरिरहेका छन् इमरान हाशमी, देखेर चकित पर्नुहुनेछ

कार्यालयमै युवती बलात्कार गरेको आरोपमा सल्यानका एक

सलमान खानलाई टक्कर दिनका लागि अत्यधिक मिहिनेत गरिरहेका छन् इमरान हाशमी, देखेर चकित पर्नुहुनेछ

सुरेनको नयाँ गीत ‘सधै सधै’

Leave a comment

Your email address will not be published. Required fields are marked *