११ हजार बढी परीक्षणमा २२ सय ३९ लाई कोरोना

काठमाडौं । देशभर पछिल्लो समय थप दुई हजार दुई सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ११ हजार तीन सय १३ जनाको कोरोना परीक्षण गरिएकाे थियो।
२४ घण्टामा एक हजार तीन सय १६ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार तीन सय ४० पुगेको छ।
काठमाडौंमा दुई सय १६,भक्तपुरमा ४५ र ललितपुरमा ७४ गरी उपत्यकाभित्र कुल तीन सय ३५ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन्।






