स्वास्थ्य किट सहयोग

दैलेख । कोरोना महामारीको समयमा जिल्लाका सात सय घरपरिवारले स्वास्थ्य किट (स्वास्थ्य तथा सरसफाइ सामग्री) प्राप्त गरेका छन् । जिल्लाको आठबीस नगरपालिका तीन सय र दुल्लु नगरपालिका चार सय गरी सात सय घरपरिवारले किट पाएका हुन् ।

महामारीको समयमा नागरिकलाई स्वस्थ्य र सुरक्षित राख्न उत्थान परियोजनाले किट उपलब्ध गराएको हो । समुदायस्तरमा रहेका कृषि समुह र नागरिक छलफल चौतारीमा आवद्ध कृषक तथा घरपरिवारलाई किट दिईएको हो । दुल्लुका १५ वटा नागरिक छलफल चौतारी र तीन वटा कृषि समुहका चार सय सदस्यहरुलाई किट दिईएको परियोजनाका कृषि प्राविधिक संगम विष्टले बताइन् ।

दुल्लुका ठारा, मण्डा, देउतीचौर, मध्यगाउँ, बेतेनी, पानसैन भलकाटीया, तियाडी मन्दिर, सियाला नाउली, नारीकामुल, कालापानी, भण्डारी गाउँ, सानगाउँ, भजनीया पोखरी, अधिकारी र लक्ष्मीबजार नागरिक छलफल चौतारीका सदस्यहरुलाई किट उपलब्ध गराईएको छ । दुल्लु–४ को पिपल चौतारी कृषि समुह, दुल्लु ९ को पिपल चौतारा कृषि समुह र पञ्चकोशी ज्वाला ताजा तरकारी तथा फलफूल उत्पादन कृषि समुहका सदस्यहरुलाई पनि किट दिईएको विष्टले बताइन् ।

आठबीसका सम्मादी, मानदेव, खम्बडाँडा, सिर्कोट, सिगौडी, सिस्ने, अम्तोला, निमायल र अधिकारी नागरिक छलफल चौतारीका सदस्यहरुले किट प्राप्त गरेका हुन् । यस्तै निरालथान, बाँकीजालेचौर र चेतनशिल कृषि समुहका सदस्यहरुलाई किट दिईएको परियोजनाका कर्मचारी अबिलाल जैसीले बताए । स्वास्थ्य किटमा प्रतिपरिवार एक वटा थर्मोमिटर, दुई प्याकेट सेनेटरी प्याड, कपडा धुने र नुहाउने साबुन तथा २० वटा सर्जिकल मास्क रहेको छ ।

स्वास्थ्य किटसँगै दुल्लु र आठबीसका ८५ घरपरिवारलाई पोषण किट समेत सहयोग गरिएको छ । पोषण किटमा काजु, सिमी, मह, सर्जिकल मास्क, सेनीटाइजर, सेनेटरी प्याड, साबुन लगाएतका सामग्री छन् । कोरोना प्रभावित परिवारलाई पोषण किट उपलब्ध गराईएको हो ।

स्वास्थ्य किट सहयोग

टोकियो ओलम्पिक दर्शकविहीन बनाउने तयारी

स्वास्थ्य किट सहयोग

पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’

Leave a comment

Your email address will not be published. Required fields are marked *