विम्बल्डन टेनिसको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

एजेन्सी । विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । ​

अष्ट्रिेलियाकी बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गरेकी छन्।

यस्तै चेक रिपब्लिककी प्लिस्कोभाले बेलारुकिी आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकालिन्।

२५ वर्षीया बार्टीले केर्वरलाई हराउँन १ घण्टा २७ मिनेट खर्चेकी थिइन भने २९ वर्षीया प्लिस्कोभाले साबालेन्कालाई पराजित गर्न एक घण्टा ५३ मिनेट लागेको थियो।

दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल शनिबार हुने छ।

विम्बल्डन टेनिसको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

पाकिस्तानविरुद्ध इङ्ल्याण्डको शानदार सुरुवात

विम्बल्डन टेनिसको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

टोकियो ओलम्पिक दर्शकविहीन बनाउने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *