पाकिस्तानविरुद्ध इङ्ल्याण्डको शानदार सुरुवात

एजेन्सी । इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न पहिलो खेलमा इङल्याण्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछाएको इङल्याण्डले २१.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

इङल्याण्डका लागि डविड मलानले सर्बाधिक अविजित ६८ रन बनाए भने ज्याक क्रवलेले अविजित ५८ रन बनाएका थिए। त्यस्तै फिल साल्टले ७ रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ३५।२ ओभरमा अल आउट हुदै १४१ रन मात्र बनाएको थियो। पाकिस्तानका लागि फखर जमानले सर्बाधिक ४७ रन बनाए भने शडाब खानले ३०, शोहैब मक्सूदले १९ र मोहमद रिजवानले १३ रन बनाए।

इङल्याण्डका बलर सकिब महमूदले सर्बाधिक ४ विकेट लिएका थिए भने क्रेग ओभरटन र माट पार्किनसनले २(२ विकेट लिए। त्यस्तै लेविस ग्रेगोरीले एक विकेट लिए।

कोरोना संक्रमणका कारण इङल्याण्डको मुख्य क्रिकेट टिमका पुरै सदस्य क्वारेन्टानमा बस्नुपरे पछि इङल्याण्ड बेन स्टोकको कप्तानीमा नयाँ टिम बनाएर पाकिस्तानविरुद्धको सिरिज खेलिरहेको छ।

यो जितपछि इङल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल शनिबार हुने छ। इङल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले इङल्याण्डविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ।

पाकिस्तानविरुद्ध इङ्ल्याण्डको शानदार सुरुवात

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

पाकिस्तानविरुद्ध इङ्ल्याण्डको शानदार सुरुवात

विम्बल्डन टेनिसको उपाधिका लागि बार्टी र प्लिस्कोभा

Leave a comment

Your email address will not be published. Required fields are marked *