आफ्नो पछि लागेका दुई युवकको लडाइँमा निर्दोष युवतीले अनाहकमा ज्यान गुमाइन्

काठमाडौं । कुनै पनि युवतीसँग बिहे गर्नको लागि एक भन्दा धेरै युवकले चाहना राख्नु स्वभाविक नै हो । यसरी बिहे गर्न चाहनेमध्ये युवतीले कुनै एक युवक रोजेर बिहे गर्न सक्छिन् । त्यस्तोमा अरुले चित्त बुझाउँछन् । तर, पाकिस्तानमा एक युवतीसँग बिहे गर्नको लागि दुई जना युवक पछि लागे । ती दुई युवकको झगडामा निर्दोष युवतीले ज्यान गुमाउनु परेको छ ।

यी बेलायती युवतीको पाकिस्तानमा हत्या भएको हो । डनको रिपोर्टका अनुसार यी युवतीसँग दुई जना युवकले बिहे गर्न चाहन्थे । तर, यी युवतीले भने ती दुवैसँग बिहे गर्न चाहँदैनथिन् । २६ वर्षकी माहिर जुल्फिकरको लाहोरस्थित अपार्टमेन्टमा शव भेटिएको हो । मायराले बेलायतको युनिभर्सिटी अफ वेस्ट लण्डनबाट कानुनको अध्ययन गरेकी थिइन् । त्यसपछि उनले ल फर्म डंकन ब्लेकेटमा काम पाएकी थिइन् । उनी २ महिना पहिले पाकिस्तान आएकी थिइन् ।

इन्डिपेन्डेन्ट उर्दुका अनुसार मायराका काका मोहम्मद नजीरले यस विषयमा पुलिसमा उजुरी दर्ता गराएका छन् । उनले जाहिर जदुन र साद अमिर बट नामका दुई युवकमाथि हत्याको आरोप लगाएका छन् ।नजीरका अनुसार यी दुई युवाले विगत केही समयदेखि मायरालाई सताइरहेका थिए र उनलाई परिणाम भोग्नुपर्ने धम्की दिइरहेका थिए । मायराको शवमा चोट पनि भेटिएको छ र उनको हत्या धाँटी थिचेर अनि गोली हानेर भएको आशंका छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

आफ्नो पछि लागेका दुई युवकको लडाइँमा निर्दोष युवतीले अनाहकमा ज्यान गुमाइन्

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९

आफ्नो पछि लागेका दुई युवकको लडाइँमा निर्दोष युवतीले अनाहकमा ज्यान गुमाइन्

चर्चा बटुल्दै शीतल शर्माको ‘पिरतीमा ए प्लस’

Leave a comment

Your email address will not be published. Required fields are marked *