कोटेश्वरबाट फर्किए भीम रावल, सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उपाध्यक्ष भीम रावल फर्किएलगत्तै कार्यदलको बैठक सुरु भएको छ । एमालेको विवाद समाधानका लागि आजको बैठकले महत्वपूर्ण लिनसक्ने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

बिहान अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटेपछि नेता रावल नेपाल निवास कोटेश्वर पुगेका थिए। ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो । हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो ।

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए । छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए ।​

कोटेश्वरबाट फर्किए भीम रावल, सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

असारे विकासको अन्तर्य

कोटेश्वरबाट फर्किए भीम रावल, सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *