सांसद पद्मा खड्काद्धारा प्रदेश अस्पताललाई १२ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।
उनले आज उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेकी हुन् । खड्काले आफ्नो व्यक्तिगत पहलमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।
ती अक्सिजन कन्सन्ट्रेटर काठमाडौँको स्वंयसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिइन् ।
प्रदेश अस्पतालका निर्देशक डा।डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मनसायले समन्वय गरेको बताइन् ।
महामारीले सबैलाई प्रभावित गरेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर त्यसविरुद्ध प्रतिकार्य गर्नुपर्ने खड्काको भनाई छ ।






