कर्णालीका आठसय ६४ जनाको अवस्था अज्ञात

सुर्खेत । कर्णाली प्रदेशबाट बर्षेनी पाँचसय भन्दाबढी महिला र बालबालिका हराउने गरेको पाइएको छ । पछिल्लो तीन बर्षको अवधिमा कर्णालीबाट एक हजार नौँसय दुई जना महिला तथा बालिकाहरु हराएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार हराएका मध्ये आठसय ६४ जना बालबालिको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्यमा उद्दार गरिएको छ ।

तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा सातसय ९० जना महिला तथा बालबालिका हराएका छन् । हराउनेमध्ये चारसय १६ जना महिला, एकसय ७३ जना बालक र दुईसय एकजना बालिका छन् । तथ्याङ्क अनुसार २०७५/०७६ मा सुर्खेतबाट दुईसय ९१, दैलेखबाट एकसय ३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएका छन् । त्यस्तै जुम्लाबाट ५०, हुम्लाबाट २१, डोल्पाबाट १० र मुगुबाट २० जना महिला तथा बालबालिका हराएका हुन् । सोही बर्ष विभिन्न समयमा हराएका पाँचसय ६४ जना महिला तथा बालिबालिका भेटिएका छन् ।

त्यस्तै आर्थिक बर्ष ०७६÷७७ मा कर्णाली प्रदेशभर पाँचसय ९५ जना महिला तथा बालबालिका हराएका छन् । तिमध्ये पनि तीनसय आठजना महिला, एकसय २२ जना बालक र एकसय ३७ जना बालिका छन् । तथ्याङ्क अनुसार ०७६÷७७ मा पनि सुर्खेतबाट तीनसय दुई, दैलेखबाट एकसय नौ, जाजरकोटबाट ३९, रुकुमपश्चिमबाट ३४ र सल्यानबाट ४४ जना हराएका छन् ।

त्यस्तै जुम्लाबाट २३, डोल्पाबाट चार, मुगुबाट तीन र कालिकोटबाट १८ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । सोही बर्ष ८२ जना महिला, ५८ जना बालक र ६१ जना बालिका गरी कुल दुइसय एक जना महिला तथा बालबालिका भने भेटिएका छन् । त्यस्तै चालु आर्थिक बर्ष पनि प्रदेशभर कुल पाँचसय १७ जना महिला तथा बालबालिका हराएका छन् ।

हराएकामध्ये महिला दुइसय ९२ जना महिला, ८५ बालक जना र एकसय ४० जना बालिका छन् । प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा पनि सुर्खेतबाट दुइसय ५०, दैलेखबाट एकसय २४, जाजरकोट २६, रुकुमपश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएको हुन् ।

त्यस्तै जुम्लाबाट २१ जना, डोल्पाबाट नौ जना, हुम्लाबाट सात जना, मुगुबाट पाँच जना र कालिकोटबाट आठ जना गरी कुल दुइसय ८२ जना महिला तथा बालबालिकाहरु हराएका छन् । चालु आर्थिक बर्षमा प्रदेशभर एकसय ३३ जना महिला, ४४ जना बालक र ६४ जना बालिका भेटिएका छन् ।

सुर्खेतका चारसय २२ जना बालबालिकाको अवस्था अज्ञात

पछिल्लो तीन बर्षमा हराएका एकहजार नौसय दुई जना सुर्खेतका चारसय २२ जनाको अवस्था अज्ञात छ । त्यस्तै दैलेखका एकसय ९१ जना, जाजरकोटका ७२ जना, रुकुमपश्चिमा ७६ जना र सल्यानका ४१ जनाको अवस्था पनि अज्ञात नै छ ।

जुम्लाका ३६ जना, हुम्लाका १६ जना, डोल्पाका पाँच जना, कालिकोटका २३ जना र मुगुका १२ जनाको अवस्था पनि एकीन छैन । अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनम परेर कारण महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता अर्जुन चन्दले बताए ।

तस्कारले विभिन्न प्रलोभनमा परेर महिला तथा बालबालिकाहरु भारत तथा विभिन्न शहरमा पु¥याउने गरेको प्रहरी बताउँछन । तस्करले दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न शहरमा पु¥याउँदै आएका छन् ।

‘गरिवी र अशिक्षा मुख्य कारण’

लामो समयदेखि महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशिल आवाज संस्थाका अनुसार महिला तथा बालबालिका हराउनुको मुख्य कारण गरिवी र अशिक्षा भएको बताउँछन् । ‘राम्रो शिक्षा पाउने र मनग्य आम्दानी गर्ने प्रलोभनका कारण महिला र बालिकाहरु तस्करसम्म पुग्छन्’ आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले भन्छिन्, ‘महिला र बालबालिकाहरु हराउनुको मुख्य कारण अशिक्षा र गरिवी नै हो ।’

अशिक्षाका कारण सानै उमेरमा विवाह गर्ने, हरेलु हिंसामा पर्ने र राम्रो पैसा कमाउने लोभले महिला तथा बालबालिकाहरु तस्करसम्म पुग्ने गरेको शाहीले बताइन् । सामाजिक चेतनास्तरको बृद्धि, खोजतलासमा तदारुकता र हरेक नागरिकलाई आत्मनिर्भर बनाउन सकेमात्रै मानव तस्करी रोक्न सकिने उनको तर्क छ ।

हुम्लामा नौ बालबालिकाको उद्धार

यसैबीच हुम्लाका नौ जना बालबालिकाको उद्दार गरिएको छ । राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरिएको हो । हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको छ ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगपालिका–६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट राष्ट्रिय बालअधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । कक्षा १२ सम्म पढाइदिन्छु भनेर आफूबाट एक लाख लिएको अदनचुली–६ का लालबहादुर शाहीले बताए ।

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्षेनी बालबालिकाको ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभजन शाहीले बताए । त्यसैबीच उद्दार गरिएका बालबालिकालाई पाँच हजार बराबरको शैक्षिक सामग्री दिइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बालबालिकालाई शैक्षिक सामग्री दिएका हुन् ।

कर्णालीका आठसय ६४ जनाको अवस्था अज्ञात

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

कर्णालीका आठसय ६४ जनाको अवस्था अज्ञात

YUGAAWHAN NATIONAL DAILY (2078-03-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *