कालीकाेटमा जीप दुर्घटना हुँदा एककाे मृत्यु, चार घाईते

सुर्खेत । कालिकाेटमा जीप दुर्घटनाहुँदा एक जनाकाे मृत्यु भएको छ । रास्काेटबाट लालिघाटतर्फ जाँदै गरेकाे जीप सान्नीघाटमा दुर्घटना भएको हाे ।
क १ ज २३ नम्बरकाे दुर्घटनामा एक जनाकाे मृत्यु र चार जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।
उनकाअनुसार मृत्युु हुनेमा रास्काेट नगरपालिका-३ का ३५ बर्षीय पम्फा फडेराकाे मृत्यु भएको हाे ।
घाईतेकाे उद्धार गरेर जिल्ला अस्पताल कालिकाेट ल्याउन लागिएको प्रहरीको भनाइ छ ।
सडकमा नाला निर्माणको काम भईरहेकाे र गुडीरहेकाे जीप अनियन्त्रितहुँदा सडकमै पल्टिएको प्रहरीकाे भनाइ छ ।





