बर्दियामा बाघको आक्रमणबाट फेरि एकजनाको ज्यान गयो

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका-३ का ६७ वर्षका चित्रबहादुर केसीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए।
आइतबारदेखि हराइरहेका वलीको शव सोमबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला पारेको हो ।
बाघले आक्रमण गरेको अवस्थामा उनको शव फेला परेको डिभिजन वन प्रमुख वाग्लेले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ ।
निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुविचको बढ्दो द्धन्द्ध न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो अवस्थामा छ । स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक-पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।






