सल्यानमा वार्षिक १६ करोडको खसी–बोका बिक्री

सल्यान । खसी–बोका बिक्रीबाट सल्यानमा वार्षिक १६ करोड रुपैयाँ भित्रिने गरेको छ। पछिल्लो समय खसी–बोकाको व्यावसायिकपालन बढ्न थालेपछि जिल्लाबाहिर निर्यात बढेपछि आम्दानी पनि बढेको हो।

दैनिक २०० वटासम्म खसी–बोका जिल्ला बाहिर निकासी हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए। वार्षिक ८० हजार खसी–बोका उत्पादन हुने गरेको छ। जसमध्ये ४० हजार जिल्लाभित्रै खपत र बाँकी ४० हजार जिल्लाबाहिर निर्यात हुने गरेको उपाध्ययले जानकारी दिए।

सल्यान मध्यपहाडी भूभाग भएकाले पहाडमा हुने विभिन्न डाले घाँस तथा भुइँ घाँस प्रसस्त हुने भएकाले पनि बाख्रापालनको धेरै राम्रो सम्भावना रहेको उपाध्यय बताउँछन्। अहिले १४१ फर्म नै दर्ता भएर व्यावसायिक बाख्रापालन हुँदै आइरहेको छ। जिल्लाका सबैको घरधुरीमा कम्तीमा पनि ३ देखि ५ वटा बाख्रा पालन हँुदै आइरहेको उनले बताए। जिल्लाभरि हाल ३ लाख ७६ हजारभन्दा बढी बाख्रा रहेको उपाध्यायको भनाइ छ।

बाख्रापालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुँदै आइरहेको छ। अन्य व्यवसायभन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बाख्रापालमा किसानहरुमो मोह बढ्दै गएको उनको भनाइ छ।

सल्यानको खसी–बोका काठमाडौं, पोखरा, धनगढीलगायतका देशका प्रमुख शहरहरुमा बढी माग हुने गर्दछ। यहाँका खसी–बोका कपुरकोट, सल्लीबजार, कालीमाटी रामपुरलगायतका नाकाबाट निकासी हुने गर्दछ।

सल्यानमा वार्षिक १६ करोडको खसी–बोका बिक्री

प्रभावकारी भूमिका देखाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *