नेपाली काँग्रेस दैलेखका पूर्व सभापतिको जगतजंग थापाको निधन

दैलेख । नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको निधन भएको छ । दैलेख अस्पतालको आइसोलेशनमा उपचाररत थापाको सोमबार विहान ३ बजे निधन भएको रेडक्रस सोसाइटी दैलेखका सभापति खेमराज केसीले बताए ।

नेपाल बाल संगठनको सभापति रहेर २५ वर्ष सेवा गरेका थापाले नेपाल परिवार नियोजन संघ दैलेख, नेपाल रेडक्रस सोसाइटी दैलेख लगाएतका संस्थामा सेवा गरेका थिए । नेपाली कांग्रेसको नौ औं महाधिवेशनबाट सभापति भएका हुन् ।

२०७४ सालमा भएको गणतान्त्रिक नेपालको पहिलो प्रदेश सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र (ख) बाट नेपाली कांग्रेसको उम्मेद्धार बनेका थापा भद्र नेताका रुपमा परिचित थिए । थापाका एक श्रीमती र ६ वटा छोरी रहेका छन् ।

नेपाली काँग्रेस दैलेखका पूर्व सभापतिको जगतजंग थापाको निधन

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई ३०० नाल हतियार

नेपाली काँग्रेस दैलेखका पूर्व सभापतिको जगतजंग थापाको निधन

दैलेखमा सडकमै बालिकामाथि बलात्कार प्रयास !

Leave a comment

Your email address will not be published. Required fields are marked *