‘माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन, ठीकै छ भनेर उठ्याैं’

काठमाडौं । एमाले नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले जानकारी दिए।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताए।

‘माधव कमरेडको म गएका थियौं, म सुवासजी र शंकरजी भएर। उहाँसँग एकछिन कुराकानी भयो। हामीले के आग्रह गर्‍याैं भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ। हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्या अरू छैनन्।

तपाईं अरू एक आपसमा बस्नुहोस्। हामी पनि आपसमा विभिन्न साथीसँग छलफलमा छौं। समाधान खोजेर अगाडि जाऊँ’, उनले भने,’पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं। भनेर हामीले प्रस्ताव राख्यौँ। उहाँले खास गरिकन् प्रधानमन्त्रीसँग भेट्नका लागि अरूचि प्रकट गर्नुभयो। भेट्ने कुरामा खासै रुचि राख्नुभएन। ठिकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौं।’

‘माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन, ठीकै छ भनेर उठ्याैं’

स्मिथसहित ९ खेलाडीले आइपिएलबाट नाम फिर्ता लिए,

‘माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन, ठीकै छ भनेर उठ्याैं’

निस्कृय बन्दै संसदीय समितिहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *