स्मिथसहित ९ खेलाडीले आइपिएलबाट नाम फिर्ता लिए, दिल्लीलाई दबाब

काठमाडाैं । इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो फेजमा दिल्ली क्यापिटल्सलाई चुनौती थपिएको छ। टिमका महत्वपूर्ण खेलाडी स्टिभ स्मिथले चोटका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएपछि दिल्लीलाई दबाब बढेको हो।

स्मिथ कुइनाको चोटसँग जुधिरहेका छन्। साथै अस्ट्रेलियाको ब्यस्त सेड्युल समेतलाई ध्यानमा राख्दै उनले नाम फिर्ता लिएका हुन्। यसअघि नै अन्य ९ खेलाडीले आइपिएलबाट नाम फिर्ता लिइसकेका छन्।

स्मिथले केही समय अघि वेस्टइन्डिज भ्रमणबाट पनि आफ्नो नाम फिर्ता लिएका छन्। साथै उनले अक्टोबरमा युएईमा हुने टी-२० विश्वकपमा समेत भाग लिने नलिने अन्योल छ।

सम्भवत स्मिथले अब एसेज अघिसम्म आफूलाई फिट बनाउने प्रयास गर्नेछन्। एशेजको शुरुवात ८ डिसेम्बरबाट हुने छ। इंग्ल्यान्डविरुद्ध हुने यो सिरिजमा स्मिथ अस्ट्रेलियाका एक महत्वपूर्ण खेलाडीका रुपमा रहनेछन्।

स्मिथले एसेजमा १४ खेलमा ९३.७६ को औसतमा १३१० रन बनाएका छन्। जसमा उनको ८ शतक छ। स्मिथले २०२१ को आइपिएलमा ६ खेल खेल्दै १०६ रन बनाएका छन्।

आइपिएलका लागि यसअघि नै इंग्ल्यान्डले आफ्ना खेलाडीलाई नाम फिर्ता लिन भनेको छ। जसमा दिल्लीका कप्तान क्रिस वोक्स, टोम करन पहिल्यै बाहिरिसकेका छन्। त्यस्तै अस्ट्रेलियाका मार्कस स्टोइनिसको पनि सम्भावना कम छ।

स्मिथबाहेक प्याट कमिन्स, जोस बटलर, ओएन मोर्गन, जोनी ब्यारिस्टो, सैम करन, मोइन अली, मुस्ताफिजुर रहमान, तथा शकिब अल हसनले पहिले नै आइपिएलबाट नाम फिर्ता लिइसकेका छन्।

स्मिथसहित ९ खेलाडीले आइपिएलबाट नाम फिर्ता लिए, दिल्लीलाई दबाब

जब एकैपटक गर्भवती भए तिम्लिहा दिदी बहिनी

Leave a comment

Your email address will not be published. Required fields are marked *