सेयर बजार साताकाे पहिलाे दिनमै ओरालाे गतिमा, काराेबार ५ अर्बमा झर्‍याे

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ। नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ।

आइतबार कारोबार रकम पनि पाँच अर्बमा झरेको छ। यो पछिल्लो दुई महिना यताकै सबैभन्दा कम कारोबार रकम हो। नेप्से र सेयर कारोबार रकम मात्र नभएर कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ।

आइतबार भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमा कारोबार भएका छन्। २० अर्ब सम्म पुगेको कारोबार रकम पछिल्लो समय लगातार ओरालो लाग्नथालेको छ।

आइतबार सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाए। यस्तै ओरियन्टल होटल्स (८.४७) सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट (७.२७), कर्पोरेट डेभलपमेन्ट बैंक (६.१६), नेपाल फाइनान्स (४.०३), लिवर्टी ईनर्जी २.९८) नेपाल दूरसञ्चार (२.२९) अपर तामाकोशी हाइड्रोपावर (२.२२) हिमालयन डिस्टिलरी (२.१९) तथा चन्द्रागिरि हिल्सको सेयर (२.०९) प्रतिशले बढेको छ।

यस्तै आइतबार धेरै गुमाउनेमा माछापुच्छ्रे बैंक, एसबिएल डिभेन्चर, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले धैरै गुमाएका छन्।

सेयर बजार साताकाे पहिलाे दिनमै ओरालाे गतिमा, काराेबार ५ अर्बमा झर्‍याे

कोभिसिल्डको दोस्रो डोज अबको एक महिनाभित्र लगाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *