२०८३ असार २ गते
×

Now Playing

अफगानिस्तानमा तालिवानको सक्रियता बढ्दो, कन्दहार जिल्ला कब्जा

एजेन्सी । अफगानिस्तानको प्रमुख विद्रोही तालिवान समूहले रातभरको संघर्षपश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिवान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तीव्र बनाएको छ।

कन्दहारलाई तालिवानी समूहले आफ्नो प्रमुख गढको रूपमा लिने गर्दछन्। गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरूलाई तालिवान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिवानीहरूले नियन्त्रणमा लिएका छन्।

बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिवान र अल–कायदाविरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो। विगत केही वर्षदेखि तालिवान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक-पटक संघर्ष हुँदै आएको छ। कन्दहार प्रान्तलाई तालिवान समूहले आफ्नो जन्मभूमिका रूपमा लिने गरेको छ।

ञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिवान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए। उनले तालिवान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए। कन्दहारका प्रान्तीय परिषदका प्रमुख सइद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए।

अफगानिस्तानमा तालिवानको सक्रियता बढ्दो, कन्दहार जिल्ला कब्जा

एसईईको नतिजा साउनभित्र प्रकाशित हुने

अफगानिस्तानमा तालिवानको सक्रियता बढ्दो, कन्दहार जिल्ला कब्जा

सेयर बजार साताकाे पहिलाे दिनमै ओरालाे गतिमा,

Leave a comment

Your email address will not be published. Required fields are marked *