कोभिसिल्डको दोस्रो डोज अबको एक महिनाभित्र लगाउन पाइने

काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्‍येष्ठ नागरिकहरूले अबको एक महिनाभित्र दोस्रो डोज खोप लगाउन पाउने भएका छन् ।

झण्डै सत्र हप्ताअघि पहिलो डोज कोभिसिल्ड खोप लगाएका उनीहरूलाई दोस्रो डोज खोप दिइने भएको हो । स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले अबको एक महिनाभित्र रोकिएको कोभिसिल्डको दोस्रो डोज खोप पाउने बताए ।

गत २३ फागुनदेखि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका नागरिक, कतिपय जनप्रतिनिधि, कर्मचारीलगायत १० लाख भन्दा बढीले खोप अभावका कारण दोस्रो डोज लगाउन पाएका छैनन् ।

‘यसअघि पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरूले दोस्रो डोज लगाउन नपाउनुभएकोले अबको एक महिनाभित्र दोस्रो डोज लगाउन पाउनुहुन्छ, जहाँबाट भए पनि खोप आउँछ र उहाँहरूले लगाउन पाउनुहुन्छु सचिव अर्यालले भने ।

यस्तै, सचिव अर्यालले खोप आयातमा सोचेभन्दा राम्रो प्रगति भएको भन्दै अब निरन्तर रुपमा खोप आउने बताए। उनले अबको ४५ दिन कोभिड खोपको आयातको हिसाबले धेरै राम्रो हुने र यस समयमा धेरैले खोप लगाउन पाउने बताए।

उनले भने, ‘खोप आयातमा तपाईँहरुले सोचेभन्दा राम्रो भएको छ, अब खोप नियमित आउँछ, अब खोपमा समस्या हुँदैन। सिरम इन्स्टिच्युटबाट उत्पादित खोप कोभिसिल्ड निर्यातमा भारतले रोक लगाएपछि सरकारले ८ हप्तामा दिने दोस्रो डोज बढाएर १२ हप्ता पुर्‍याएको थियो।

१२ हप्तामा समेत दोस्रो डोज लगाउन नसकेपछि पुनस् १६ हप्तामा दिने भनेको थियो। विज्ञहरूले भने पछिल्ला अनुसन्धानहरूले दोस्रो डोजमा ढिलाइ भए पनि प्रभावकारी भएको पाइएको भन्ने गरेका छन्।

सरकारले यसै साता चीनबाट खरिद गरेको १० लाख डोज खोप ल्याउँदै छ। हालसम्म कुल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने नेपालमा २५ लाख ७४ हजार ७१५ ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले दोस्रो मात्राको कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।

सरकारले दुई करोड २० लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले १० लाख ल्याएपछि अरू खोप पनि चरणबद्ध रूपमा आउने बताएका छन्। यसअघि चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदानमा पठाइसकेको छ। यो खोप अहिले १८ वर्षमाथि उमेर समूहका लागि दिइँदै आएको छ।

कोभिसिल्डको दोस्रो डोज अबको एक महिनाभित्र लगाउन पाइने

सेयर बजार साताकाे पहिलाे दिनमै ओरालाे गतिमा,

कोभिसिल्डको दोस्रो डोज अबको एक महिनाभित्र लगाउन पाइने

जब एकैपटक गर्भवती भए तिम्लिहा दिदी बहिनी

Leave a comment

Your email address will not be published. Required fields are marked *