अपडेट : फिलिपिन्समा सैनिक विमान दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। सैनिकहरू चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन्। सी-१३० हर्कुलस विमानमा ९२ जना सवार थिए।

सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताए।

सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरूको उद्धार गरिएको जानकारी दिए। स्थानीय सञ्चार माध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ।

विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ। सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरू लिएर गैरहेको विमान दुर्घटनामा परेको बताए।

फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने जानकारी दिए।

अपडेट : फिलिपिन्समा सैनिक विमान दुर्घटनामा १७ जनाको मृत्यु

विवाहको प्रश्नले हैरान अदीति

अपडेट : फिलिपिन्समा सैनिक विमान दुर्घटनामा १७ जनाको मृत्यु

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड-१९ संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *