भारतमा दैनिक २.३४ प्रतिशत कोभिड-१९ संक्रमित

एजेन्सी । भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या २.३४ प्रतिशत रहेको पाइएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन्।

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम संक्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने। भारतमा अहिले संक्रमणमुक्त भएकाहरूको संख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ। भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ।

पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितको संख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितको संख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ। भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ। योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ।

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड-१९ संक्रमित

अपडेट : फिलिपिन्समा सैनिक विमान दुर्घटनामा १७

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड-१९ संक्रमित

योगेश भट्टराईको दाबी : प्रतिनिधिसभा फेरि पुनःस्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *