विवाहको प्रश्नले हैरान अदीति

अविवाहित अभिनेत्रीलाई विवाहको प्रश्नले अक्सर घेर्ने गर्दछ । सार्वजनिक कार्यक्रम होस् वा सामाजिक सञ्जाल उनीहरुलाई बारम्बार सोधिने गरिन्छ । विवाह कहिले गर्ने रु पछिल्लो समय अभिनेत्री अदीति बुढाथोकीलाई पनि यो प्रश्नले हैरान पारेको छ ।

सार्वजनिक कार्यक्रम होस् वा सामाजिक संजाल उनलाई विवाह कहिले गर्ने रु। प्रेम के हो रु । जस्ता प्रश्न सोधिने गरेका छन् । यो प्रश्नले उनी हैरान भएकी छन् । जसको अनुमान उनले एक फ्यानलाई बिवाहको प्रश्नमा दिएको जवाफबाट पनि लगाउन सकिन्छ ।

एक फ्यानले उनलाई हिन्दीमा प्रश्न गरेका छन्, ‘आप शादी कब करोगे रु। जवाफमा उनले लेखेकी छन् ‘अरे यार बस भी करो, नही कर्नी शादी ।’ एक फ्यानले उनीसँग प्रेमको सल्लाह समेत मागेका छन् ।

जसको जवाफमा उनले भनेकी छन्, ‘प्रेममा हुनु मायालु अनुभव हो । आफुसँग कोही हुनु राम्रो कुरो हो । तर विषेश व्यक्तिलाई प्रेम र प्रशंसा गर्ने कोसिसमा तपाई आफ्नो स्वाभिमान नगुमाउनुस् । पहिला आफुलाई प्रेम गर्नुस् ।’

अदीति पनि पछिल्लो समय भारतीय र्यामर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ । तर यस विषयमा भने उनले आधिकारिक धारणा राखेकी छैनन् । फिल्म ‘कृ’ बाट नेपाली फिल्म डेब्यु गरेकी अदीति निषेधाज्ञा अगाडि फिल्म ‘बाबरी’ को सुटिङ गर्दै थिइन् ।

निषेधाज्ञाको कारण रोकिएको फिल्म फेरि सुरु हुने तरखरमा छ । फिल्म अगाडि उनले बलिउडमा मोडलिङ समेत गरेकी थिइन् ।

विवाहको प्रश्नले हैरान अदीति

‘प्रेम गीत–३’ को सकियो हिन्दी डबिङ, रिलिज

विवाहको प्रश्नले हैरान अदीति

अपडेट : फिलिपिन्समा सैनिक विमान दुर्घटनामा १७

Leave a comment

Your email address will not be published. Required fields are marked *