बलात्कार घटनाका आरोपित पक्राउ
दैलेख – १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–९ का रोकायवाडा २८ वर्षीय तेजबहादुर रोकायलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको छ ।
घर नजिक जंगलमा काफल गएको बेला शनिवार दिउँसो हातले मुख थुनेर बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको छ ।
त्यही उजुरीका आधारमा आरोपित रोकायलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताउनुभयो ।
पीडत बालिकाको स्वास्थ्य परीक्षण आइतवार दैलेख अस्पतालमा गरिएको घटनाको अनुसन्धान सुरु भएको बताइएको छ ।